विजयादशमीले नेपाली संस्कृति, संस्कार र पहिचानलाई पुस्तौँसम्म जीवन्त राखोस् : रोबिन शेरचन

theoutsidenepal.com

विजयादशमीले नेपाली संस्कृति, संस्कार र पहिचानलाई पुस्तौँसम्म जीवन्त राखोस् : रोबिन शेरचन

द टन न्युज ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले विजयादशमी तथा बडादसैँको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

दसैँको शुभकामना सन्देश जारी गर्दै वरिष्ठ उपाध्यक्ष शेरचनले संस्कृति र संस्कारले नेपालीलाई जोड्ने, एकताले समृद्धिको बाटो देखाउने तथा पहिचानले पुस्तौँसम्म नेपालीपनलाई जीवन्त राख्ने बताएका छन्।


उनले दुःख, पीडा र चुनौतीलाई पार गर्दै मातृभूमि नेपालमा सुख, शान्ति र समृद्धिका नयाँ दिनहरू आउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई एकता, सद्भाव र सहकार्यको भावनाका साथ अघि बढ्न आह्वान गरेका छन्।

विशेषगरी विदेशमा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नो मौलिक संस्कृति, संस्कार, भाषा र पहिचानको संरक्षणमा ध्यान दिन आग्रह गर्दै शेरचनले दोस्रो पुस्तालाई नेपाली माटो, समाज र गौरवपूर्ण परम्परासँग जोडिराख्नुपर्नेमा जोड दिएका छन्।

उनले आजको पुस्ताले संस्कृति र पहिचानको संरक्षणमा देखाउने सक्रियताले भोलिको पुस्ताको नेपालीपनलाई बलियो बनाउने सन्देशसमेत दिएका छन्।

“आजको एकता, भोलिको समृद्धि; आजको संस्कार, भोलिको पहिचान” भन्ने भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै शेरचनले विजयादशमीले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

नेपालीहरूको महान् चाड बडादसैँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव, भाइचारा र एकतालाई थप सुदृढ बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

रोबिन शेरचन

वरिष्ठ उपाध्यक्ष

गैरआवासीय नेपाली संघ (एनआरएनए)

अन्तर्राष्ट्रिय समन्वय परिषद्


प्रतिक्रिया