नेपाली चलचित्र ‘तिनीहरू’को विश्वयात्राप्रति रोजिना प्रधान राईको गर्व

theoutsidenepal.com

नेपाली चलचित्र ‘तिनीहरू’को विश्वयात्राप्रति रोजिना प्रधान राईको गर्व

काठमाडौं । द टन न्युज । विशेष रिपोर्ट

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीकी उपाध्यक्ष रोजिना प्रधान राईले नेपाली चलचित्र ‘तिनीहरू (Elephants in the Fog)’ को अन्तर्राष्ट्रिय यात्राप्रति गर्व व्यक्त गरेकी छन्।

गत १७ सेप्टेम्बरमा एनआरएनए उपाध्यक्षका रूपमा प्राप्त निमन्त्रणामा चलचित्रको विशेष प्रदर्शनमा सहभागी भएको स्मरण गर्दै राईले चलचित्रले नेपाली समाजका गहिरा यथार्थ, पात्रहरूको पीडा र संवेदनशीलतालाई प्रभावशाली ढंगले प्रस्तुत गरेको बताएकी छन्।

नेपाल सरकारका शिक्षा तथा सञ्चारमन्त्रीलगायत विशिष्ट व्यक्तित्व, चलचित्र क्षेत्रका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थितिमा आयोजित विशेष प्रदर्शनमा सहभागी हुन पाउँदा आफू खुसी भएको उनले उल्लेख गरेकी छन्।

राईले ‘तिनीहरू (Elephants in the Fog)’ नेपाली सिनेमा र नेपाली कथावाचनको बढ्दो अन्तर्राष्ट्रिय यात्राको उदाहरण भएको बताउँदै नेपाली सिर्जनाले विश्वमञ्चमा आफ्नो पहिचान विस्तार गरिरहेको उल्लेख गरेकी छन्।

उनले चलचित्रले 2026 Cannes Film Festival को Un Certain Regard विधामा Jury Prize प्राप्त गरेको उपलब्धिप्रति विशेष गर्व व्यक्त गर्दै आगामी 99th Academy Awards (Oscars) को यात्राका लागि पनि शुभकामना दिएकी छन्।

चलचित्रका निर्देशक अविनाश विक्रम शाह, निर्माता अनूप पौडेल, मौसम जी लगायत सम्पूर्ण ‘Elephants in the Fog’ टिमलाई धन्यवाद तथा बधाई दिँदै राईले नेपाली कथा र सिर्जनाले विश्वमञ्चमा अझ बलियो पहिचान बनाउन सकोस् भन्ने कामना गरेकी छन्।

उनको भनाइमा, “नेपाली कथा, विश्वको मञ्चमा” भन्ने भावनासहित ‘तिनीहरू’को अन्तर्राष्ट्रिय यात्रा नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण अवसर बनेको छ।


प्रतिक्रिया