उज्यालो नेपाल पार्टीबाट रामेछापमा दिप बहादुर योञ्जनको उम्मेदवारी घोषणा

theoutsidenepal.com

रामेछाप ।उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दिप बहादुर योञ्जन तामाङले रामेछापका मतदातालाई लक्षित गर्दै परिवर्तनको आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमार्फत उहाँले पुरानो राजनीति, भ्रष्टाचार र खाली वाचाका कारण जिल्लाले अपेक्षित विकास नपाएको उल्लेख गर्नुभएको छ।


उम्मेदवार योञ्जनले अब चुप लागेर बस्ने समय सकिएको बताउँदै सही सोच, इमानदार नेतृत्व र उज्यालो भविष्यका लागि नयाँ राजनीतिक विकल्प आवश्यक रहेको धारणा राख्नुभएको छ। “रामेछापलाई समृद्ध बनाउने सपना लिएर म तपाईंहरूको सेवा र आवाज प्रतिनिधित्व गर्न अघि आएको हुँ,” उहाँको भनाइ छ।


उहाँले आफ्नो मुख्य संकल्प शिक्षा, स्वास्थ्य, रोजगारी र युवा विकासमा केन्द्रित इमानदार काम रहेको स्पष्ट पार्नुभएको छ। साथै, एक मतले रामेछापको भविष्य बदल्न सकिने विश्वास व्यक्त गर्दै उज्यालो नेपाल पार्टीलाई मतदान गरेर परिवर्तनको हिस्सा बन्न मतदातालाई आग्रह गर्नुभएको छ।


आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दिप बहादुर योञ्जनको उम्मेदवारीलाई रामेछापमा वैकल्पिक र सुधारमुखी राजनीतिक प्रयासका रूपमा हेरिएको छ।


प्रतिक्रिया