रास्वपाद्वारा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन

theoutsidenepal.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।


पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा गठन गरिएको उक्त समिति केन्द्रीय समितिको निर्णयअनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गर्ने उद्देश्यले गठन गरिएको हो। पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार समितिको सदस्य सचिवको जिम्मेवारी शङ्कर श्रेष्ठलाई दिइएको छ।


यसैगरी, पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्ने निर्णय गरेको छ। साथै, केन्द्रीय तहमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गठन गरिएको महासचिव बुर्लाकोटीले जानकारी दिनुभयो।


प्रतिक्रिया