महानायक राजेश हमालको जापान भ्रमण : पुस्तक हस्ताक्षर तथा अन्तरक्रिया कार्यक्रमको भव्य तयारी, एनआरएनए आईसीसी सचिव पारसमणी पोखरेलद्वारा जानकारी

theoutsidenepal.com

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाल यतिबेला जापान भ्रमणमा रहनुभएको छ। एनआरएनए आईसीसीका सचिव पारसमणी पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हमालको उपस्थितिमा विभिन्न सहरमा पुस्तक हस्ताक्षर तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको बताएका छन्।


पोखरेलका अनुसार हमालले हस्ताक्षर गरेको चर्चित कृति “युग देखि युग सम्म” पुस्तक दर्शक तथा नेपाली समुदायले आफ्नै पायक पर्ने स्थानमा प्राप्त गर्न सक्नेछन्। साथै, हमालको जीवन अनुभव, विचार र प्रेरणादायी यात्रा प्रत्यक्ष सुन्ने सुनौलो अवसर पनि कार्यक्रममार्फत उपलब्ध हुने जनाइएको छ।


जापानका विभिन्न सहरमा आयोजना हुने कार्यक्रमको तालिका यसप्रकार छ—


  • टोकियो: फेब्रुअरी ११, साँझ ६:३० बजेबाट, Nakano Zero Hall
  • शिजुओका: फेब्रुअरी १४, साँझ ६:००–९:००, Miraie Community Hall
  • नागोया: फेब्रुअरी १५, १७:०० बजेबाट, Nagoya International Center
  • ओसाका (कान्साइ): फेब्रुअरी १७, १६:३०–२१:१५, Osaka Abeno Civic Center
  • फुकुओका: फेब्रुअरी १९, साँझ ६:०० बजेबाट, Hakata Cimin Center
  • ओकिनावा: फेब्रुअरी २० (प्रस्तावित)



जापानस्थित नेपाली समुदायबीच हमालको आगमनलाई लिएर विशेष उत्साह देखिएको छ। आयोजकहरूले कार्यक्रमहरूलाई भव्य, सभ्य र ऐतिहासिक बनाउन व्यापक तयारी भइरहेको जनाएका छन्। महानायक हमालको उपस्थितिले विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिसँग भावनात्मक रूपमा अझ नजिक बनाउने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया