चितवन–३ घण्टीमय : लोकप्रिय नेतृ सोविता गौतम को जित सुनिश्चित हुने दाबी

theoutsidenepal.com

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की लोकप्रिय नेतृ सोविता गौतमको नेतृत्वमा चितवन निर्वाचन क्षेत्र नं. ३ यतिबेला ‘घण्टीमय’ बनेको दाबी गरिएको छ। फागुन २१ नजिकिँदै जाँदा चुनावी माहोल झन् उत्साहपूर्ण बन्दै गएको स्थानीय नेता–कार्यकर्ताहरूले बताएका छन्।


घरदैलो अभियान, कोणसभा तथा युवाहरूको सक्रिय सहभागिताले चुनावी रौनक बढाएको छ। समर्थकहरूका अनुसार क्षेत्रका विभिन्न वडामा व्यापक जनसमर्थन देखिएको छ भने मतदाताबीच सकारात्मक ऊर्जा फैलिएको छ। विशेषगरी युवा तथा महिलाहरूको उल्लेख्य उपस्थिति र सक्रियताले अभियानलाई थप बलियो बनाएको बताइन्छ।


स्थानीय कार्यकर्ताहरूले यस पटकको निर्वाचनमा गौतमको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर मतदातासँग संवाद गरिरहेका छन्।


फागुन २१ नजिकिँदै जाँदा चितवन–३ मा चुनावी सरगर्मी झन् बढ्दो छ। बजार, टोल–टोल र गाउँबस्तीमा राजनीतिक बहस, भेटघाट तथा चुनावी गतिविधि तीव्र बनेका छन्। चुनावको मिति नजिकिँदै गर्दा मतदाताहरूको उत्साह र सहभागिता उल्लेख्य रूपमा बढिरहेको देखिन्छ।


प्रतिक्रिया