४२ जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन

theoutsidenepal.com

काठमाडौंसरकारले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४२ जना सहिदका परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँका दरले पेन्सन उपलब्ध गराउने निर्णय गरेको छ। सहिद परिवारको सम्मान, सामाजिक सुरक्षा र जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित यो व्यवस्था लागू गरिएको हो।

सरकारी स्रोतका अनुसार उक्त पेन्सन रकम सहिदका पति/पत्नी, छोराछोरी वा आश्रित परिवार सदस्यलाई नियमित रूपमा उपलब्ध गराइनेछ। लामो समयदेखि सहिद परिवारले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले यो निर्णय लिएको बताइएको छ।

जेनजी आन्दोलन देशको राजनीतिक र सामाजिक परिवर्तनसँग जोडिएको ऐतिहासिक आन्दोलनका रूपमा लिइन्छ। उक्त आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने दायित्व राज्यको भएको भन्दै सरकारले नियमित पेन्सनको व्यवस्था गरेको हो। सम्बन्धित निकायले यो कदमलाई सहिदप्रति सम्मान मात्र नभई सामाजिक न्यायतर्फको महत्वपूर्ण पहल भनेको छ।सरकारले सहिद परिवारको विवरण प्रमाणीकरण गरी मासिक रूपमा रकम बैंक खातामार्फत वितरण गर्ने तयारी गरेको छ। पेन्सन वितरण प्रक्रिया सरल र पारदर्शी बनाइने तथा कुनै पनि सहिद परिवार छुट्न नदिइने सरकारको प्रतिबद्धता रहेको छl

पेन्सन व्यवस्था सार्वजनिक भएपछि सहिद परिवारहरूले राज्यले ढिलै भए पनि आफ्नो पीडा र योगदानलाई स्वीकार गरेको प्रतिक्रिया दिएका छन्। “यो रकम हाम्रो पीडा पूर्ति त होइन, तर सहिदको सम्मानका रूपमा राज्यले चालेको कदम सकारात्मक छ,”एक सहिद परिवारका सदस्यले बताए।

राजनीतिक दल, नागरिक समाज र मानवअधिकारकर्मीहरूले समेत निर्णयको स्वागत गरेका छन्। उनीहरूले सहिद परिवारका लागि पेन्सनसँगै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा समेत प्राथमिकता दिनुपर्ने सुझाव दिएका छl. सरकारले सहिद परिवारका लागि हालको पेन्सन व्यवस्थासँगै थप सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने संकेत पनि गरेको छ। आगामी दिनमा सहिदका सन्तानको शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य सेवा र रोजगारीमा प्राथमिकता दिने योजना अघि सारिने बताइएको छ।

४२ जना जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन उपलब्ध गराउने सरकारी निर्णयलाई सहिदप्रति सम्मान, सामाजिक सुरक्षाको मजबुती र राज्यको नैतिक दायित्व पूरा गर्ने दिशामा उठाइएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले सहिद परिवारको जीवनमा केही सहजता ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया