चितवन — प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला चितवन–३ की उम्मेदवार सोविता गौतमले चितवनका मुख्य समस्याबारे स्पष्ट भिजनसहित दिएको जवाफले यतिबेला जनताको ध्यान खिचेको छ।
विभिन्न अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा उनले उठाएका मुद्दा र समाधानका प्रस्तावलाई स्थानीयले “दूरदर्शी र व्यवहारिक” भन्दै प्रशंसा गरेका छन्।
कार्यक्रममा उपस्थित सर्वसाधारणले सोधेका प्रश्नमा उनले आत्मविश्वासका साथ जवाफ दिँदै चितवनको विकासका लागि पाँच प्रमुख मुद्दा अघि सारेकी छन्, जसले चितवनको समग्र रूपान्तरण गर्ने दाबी गरिएको छ।
08 February 2026