महालक्ष्मी नगरपालिका–५ मा निःशुल्क आँखा तथा दन्त शिविर आयोजना

theoutsidenepal.com

महालक्ष्मी नगरपालिका–५ मा निःशुल्क आँखा तथा दन्त शिविर आयोजना


ललितपुर — महालक्ष्मी नगरपालिका वडा नं. ५ को आयोजनामा निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन गरिने भएको छ। वडा अध्यक्ष कपिल केसी का अनुसार स्थानीय बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो।


सूचनाअनुसार, उक्त शिविर २०८२ माघ ३ गते शनिबार टेरेसियल इङ्लिस बोर्डिङ स्कुल, कोटी चोक (टिकाथली, ललितपुर) मा सञ्चालन हुनेछ। शिविर बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ।


शिविरमा आँखा तथा दाँत जाँच निःशुल्क गरिनुका साथै मोतिबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। स्थानीय बासिन्दालाई शिविरमा उपस्थित भई आफ्नो आँखा तथा दन्त परीक्षण गराउन आग्रह गरिएको छ।


कार्यक्रममा प्राविधिक सहयोग Netradham Foundation र नेत्रधाम आँखा अस्पताल को रहनेछ। साथै विभिन्न स्थानीय संघसंस्था र सरोकारवालाको समेत सहयोग रहने बताइएको छ।


प्रतिक्रिया