आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक, दिउँसो २ बजे प्रहरी हेडक्वार्टरमा बस्ने
१२ कात्तिक, काठमाडौं । द टन न्युज ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका छन्।
प्रहरी उच्च स्रोतका अनुसार आईजीपी कार्कीको नेतृत्वमा बैठक प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने तय भएको छ।
प्रहरी संगठनका नीतिगत निर्णय तथा महत्त्वपूर्ण विषयमा छलफल गर्न पीसीसी बैठक बस्ने गर्छ। बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने बताइएको छ।
यद्यपि, यसपटकको बैठकमा कुन–कुन विषयमा छलफल हुने र के-कस्ता निर्णय लिइने भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन।
द टन न्युज
Accuracy, Balance and Credibility