स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री, प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

theoutsidenepal.com

स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री, प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

द टन न्युज । काठमाडौं । ६ असोज २०८३

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्। 

प्रधानमन्त्री शाह आज साँझ ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन्। 

प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री शाह असोज १० गते (सेप्टेम्बर २६) स्वदेश फर्कने कार्यक्रम रहेको छ। 

द टन न्युज
Accuracy, Balance and Credibility


प्रतिक्रिया