गोदावरी–कृष्णपुर जोड्ने विकासको सेतु: वडा अध्यक्ष रबिन्द्र शाहिको पहलमा पुल शिलान्यास

theoutsidenepal.com

कैलाली — गोदावरी नगरपालिका वडा नं. ३, १० र कृष्णपुर–०५ लाई प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण सडक तथा पुल निर्माण कार्यले तीव्रता पाएको छ। सोही क्रममा निर्माणाधीन पुलको शिलान्यास कार्यक्रम मिति २०८२-१०-१७ गते बिहान ८:३० बजे हुने भएको छ।


गोदावरी नगरपालिका वडा नं. १० का विकासवादी वडा अध्यक्ष रबिन्द्र शाहि (गुड्डु) को सक्रिय पहल र नेतृत्वमा अघि बढेको यो परियोजनाले स्थानीय बासिन्दाको वर्षौंको मागलाई सम्बोधन गर्दै आवतजावत, व्यापार तथा सेवामा ठूलो सहजता ल्याउने विश्वास गरिएको छ।


वडा अध्यक्ष शाहिले यस पुल र सडक परियोजनालाई क्षेत्रीय विकासको मेरुदण्डका रूपमा अघि बढाउँदै स्थानीय अर्थतन्त्र सशक्त बनाउने लक्ष्य लिएको बताइएको छ। उहाँको नेतृत्वमा गोदावरी र कृष्णपुर क्षेत्रबीचको दूरी मात्र होइन, विकासको खाडल पनि घट्ने अपेक्षा गरिएको छ।


स्थानीय तहका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा आम नागरिकको उपस्थितिमा हुने शिलान्यास कार्यक्रमलाई ऐतिहासिक विकासको थालनीका रूपमा हेरिएको छ। वडा अध्यक्ष शाहिले सबैलाई कार्यक्रममा उपस्थित भई विकास यात्रामा सहभागी हुन हार्दिक अनुरोध गर्नुभएको छ।


प्रतिक्रिया