“हाम्रो आशा र भरोसा, जिगेन जी” — केशव अधिकारीको अपिल : खुट्टा तान्ने होइन, सफलताका लागि साथ दिऔँ
जापानमा दुई दशकभन्दा बढी योगदान गरेका जिगेन जीलाई साथ र हौसला दिन अधिकारीको आग्रह
द टन न्युज । विशेष रिपोर्ट
नेपाल–जापान सम्बन्धका जानकार, युवा व्यवसायी, समाजसेवी एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक प्रभावशाली नेता केशव अधिकारीले जापानमा लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा योगदान गर्दै आएका जिगेन जीको आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै सकारात्मक सन्देश दिएका छन्।
अधिकारीले सामाजिक सञ्जालमार्फत “हाम्रो आशा र भरोसा, जिगेन जी” भन्दै जिगेन जीप्रति आफ्नो विश्वास र समर्थन सार्वजनिक गरेका हुन्।
जापानमा दुई दशकभन्दा बढी समय बिताएर देश र समाजका लागि योगदान गर्दै आएका व्यक्तिको खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्ने धारणा राख्दै अधिकारीले सहयोग गर्न सक्नेले सहयोग र साथ दिन तथा सहयोग गर्न नसक्नेले समेत रिस, द्वेष र नकारात्मक सोच नराख्न आग्रह गरेका छन्।
उनले अरूको प्रगति देखेर निरुत्साहित पार्नेभन्दा हौसला दिने संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका छन्। समाजको हितका लागि अघि बढिरहेका व्यक्तिलाई साथ दिनु नै सकारात्मक सोच र असल सामाजिक संस्कार भएको अधिकारीको भनाइ छ।
अधिकारीको सन्देशमा व्यक्तिगत समर्थनसँगै समाजमा सकारात्मक योगदान गर्ने व्यक्तिको मनोबल बढाउने र सफल प्रयासलाई प्रोत्साहन गर्ने संस्कार विकास गर्नुपर्ने आह्वान समेत देखिन्छ।
जापानमा लामो समयदेखि नेपाली समुदायसँग जोडिएर काम गर्दै आएका जिगेन जीलाई नयाँ कार्यकालका लागि शुभकामना दिँदै अधिकारीले देश तथा समाजप्रतिको योगदान आगामी दिनमा अझ विस्तार हुँदै जाओस् भन्ने कामना गरेका छन्।
उनको यो सन्देशले नेपाली डायस्पोरामा सक्रिय व्यक्तिहरूबीच आपसी सहयोग, सहकार्य र सकारात्मक प्रोत्साहनको वातावरण निर्माण गर्नुपर्ने बहसलाई समेत उजागर गरेको छ।
“अरूको प्रगति देखेर निरुत्साहित होइन, हौसला दिऔँ” भन्ने अधिकारीको सन्देश अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
जिगेन जीलाई नयाँ कार्यकालको हार्दिक शुभकामना !
द टन न्युज
विशेष रिपोर्ट