RTFC मलेसियाद्वारा NRNA ICC उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई सम्मान

theoutsidenepal.com

RTFC मलेसियाद्वारा NRNA ICC उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई सम्मान

द टन न्युज । मलेसिया ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपाली समुदायमा सामाजिक सेवासँगै खेलकुद क्षेत्रको विकासमा सक्रिय RTFC मलेसियाले क्लबलाई निरन्तर माया, साथ र सहयोग गर्दै आउनुभएका NRNA ICC उपाध्यक्ष खगेन्द्र न्यौपानेलाई सम्मान गरेको छ।

RTFC मलेसियाले आयोजना गरेको दोस्रो RT Gold Cup 2026 को सफलताका लागि न्यौपानेले गर्नुभएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै क्लबका तर्फबाट उहाँलाई मायाको चिनो प्रदान गरिएको हो।


सहयोगी मनका धनी, व्यवसायी तथा समाजसेवीका रूपमा नेपाली समुदायमा सक्रिय न्यौपानेले RTFC मलेसियाका गतिविधि तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा निरन्तर साथ र सहयोग गर्दै आउनुभएको क्लबले जनाएको छ।

कार्यव्यस्तताका कारण सम्मान तथा मायाको चिनो प्रदान गर्न केही ढिलाइ भएकोमा RTFC मलेसिया परिवारले क्षमायाचना गर्दै न्यौपानेप्रति हार्दिक आभार व्यक्त गरेको छ।

क्लबले खेलकुदमार्फत नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको जनाएको छ।

RTFC मलेसिया परिवारले खगेन्द्र न्यौपानेको साथ, सहयोग र सद्भावप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको छ।

राजु तामाङ
RTFC मलेसिया


प्रतिक्रिया