जेन्जीको आवाज: टिकटकमार्फत चतुर बहादुर चन्दको पक्षमा युवतीको मत अपिल

theoutsidenepal.com


बैतडी ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बैतडीमा चुनावी माहोल तातिँदै गएको छ। नेपाली कांग्रेसका नेता चतुर बहादुर चन्द जीतको लक्ष्यसहित चुनावी मैदानमा रहेका बेला सामाजिक सञ्जालमा युवापुस्ताको सक्रियता समेत बढेको देखिएको छ।


यही क्रममा एक जेन्जी महिलाले टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै चन्दको पक्षमा मत मागेकी छन्। “जेन्जीको आवाज — सजक मतबाट सक्षम नेतृत्व, सक्षम नेतृत्वबाट समुन्नत बैतडी” भन्ने सन्देशसहित उनले मतदातालाई सचेत भएर मतदान गर्न आग्रह गरेकी छन्। भिडियोमा “जय नेपाल” र “@VoteforCbchand🌳” ह्यासट्याग प्रयोग गर्दै युवापुस्तालाई परिवर्तनका लागि सक्रिय हुन आह्वान गरिएको छ।


सामाजिक सञ्जालमार्फत युवा तथा नयाँ पुस्ताको सहभागिता बढ्दै जाँदा बैतडीको चुनावी प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ। विभिन्न दल र उम्मेदवारका समर्थकहरूले टिकटक, फेसबुक लगायतका प्लेटफर्म प्रयोग गरी मतदातासम्म आफ्ना सन्देश पुर्‍याइरहेका छन्।


फागुन २१ नजिकिँदै जाँदा बैतडीमा चुनावी अभियान थप तीव्र बन्दै जाने अपेक्षा गरिएको छ।


प्रतिक्रिया