द टन न्युज ॥ विशेष रिपोर्ट
मतपत्रमा ‘आनन्द’ होइन,
गोरख बहादुर बिष्ट (आनन्द)
— कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोरख बहादुर बिष्ट (आनन्द) ले केन्द्रीय सदस्य पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्तापछि बिष्टले आफ्नो नामका विषयमा महाधिवेशन प्रतिनिधिहरूलाई स्पष्ट जानकारी गराउँदै मतपत्रमा ‘आनन्द बिष्ट’ नभई ‘गोरख बहादुर बिष्ट (आनन्द)’ नाम रहने भएकाले सोही नाममा मतदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसमक्ष अनुरोध गरेका छन्।
प्रवासमा रहेर पनि नेपाली कांग्रेसको संगठन विस्तार र नेपाल–नेपालीबीचको सम्बन्धलाई बलियो बनाउन सक्रिय बिष्ट नेपाली जनसम्पर्क समिति अमेरिका स्थापनाका संस्थापकका रूपमा समेत परिचित छन्।
अमेरिकामा रहेर नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा योगदान पुर्याउँदै आएका बिष्टले प्रवासदेखि नेपालसम्म आइपर्ने विभिन्न सामाजिक तथा मानवीय पीडामा साथ दिँदै आएको बताइएको छ। विपद्, दुःख र अप्ठ्यारो परिस्थितिमा व्यक्तिगत तथा संस्थागत रूपमा आर्थिक सहयोगसमेत गर्दै आएका बिष्टलाई प्रवासी नेपालीको सुख–दुःखमा निरन्तर जोडिने व्यक्तित्वका रूपमा समर्थकहरूले चित्रण गरेका छन्।
नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर प्रवासमा बस्दा पनि देशसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउँदै आएका बिष्टको उम्मेदवारीलाई १५औँ महाधिवेशनमा प्रवास, संगठन र सामाजिक सेवाको अनुभवलाई पार्टीको केन्द्रीय तहमा जोड्ने प्रयासका रूपमा हेरिएको छ।
बिष्टका समर्थकहरूले अनुभव, संगठनप्रतिको प्रतिबद्धता, प्रवासी नेपालीसँगको सम्बन्ध र सामाजिक उत्तरदायित्वका आधारमा उहाँलाई केन्द्रीय सदस्यमा विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेका छन्।
१५औँ महाधिवेशनमा गोरख बहादुर बिष्ट (आनन्द) को विजय आवश्यक रहेको भन्दै समर्थकहरूले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई एकताबद्ध भएर उहाँलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन्।
मतपत्रमा नाम सम्झनुहोस्—
गोरख बहादुर बिष्ट (आनन्द)।
द टन न्युज
विशेष रिपोर्ट