दलित पुरुषतर्फ केन्द्रीय सदस्यमा दिलबहादुर विश्वकर्माको उम्मेदवारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दिलबहादुर विश्वकर्माले दलित पुरुष क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीको समावेशी प्रतिनिधित्व र दलित समुदायको राजनीतिक सहभागितालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विश्वकर्माले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न समावेशी क्लस्टरमा उम्मेदवारी दर्ता तथा निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।
विश्वकर्माको उम्मेदवारीसँगै दलित पुरुषतर्फको केन्द्रीय सदस्य पदमा पनि प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।
07 October 2026