काठमाडौँ — विश्वका धनी व्यक्ति तथा स्पेसएक्सका संस्थापक एलन मस्कले आगामी १० वर्षभित्र चन्द्रमामा मानव बस्ती स्थापना गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको विषयमा युवा व्यवसायी प्रिन्स युवराज कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
कार्कीले एलन मस्कले चन्द्रमामा आफैं विस्तार हुँदै जाने ‘सेल्फ ग्रोइङ सिटी’ निर्माणमा केन्द्रित हुने योजना अघि सारेको उल्लेख गर्दै यो कदमले भविष्यको अन्तरिक्ष बसोबास र प्रविधि विकासमा नयाँ सम्भावना खोल्ने बताएका छन्।
उनका अनुसार मंगल ग्रहभन्दा चन्द्रमामा पुग्न सजिलो र छिटो हुने भएकाले स्पेसएक्सले पहिलो प्राथमिकता चन्द्रमालाई दिएको मस्कको भनाइ महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। मंगल ग्रहमा रकेट प्रक्षेपणको अवसर हरेक २६ महिनामा मात्र मिल्ने र यात्रा अवधि करिब ६ महिना लाग्ने भएकाले चन्द्रमा रणनीतिक रूपमा उपयुक्त लक्ष्य भएको कार्कीले आफ्नो स्टाटसमार्फत जनाएका छन्।
अन्तरिक्ष प्रविधि र मानव बस्ती विस्तारका विषयमा विश्वभर चासो बढिरहेका बेला एलन मस्कको नयाँ योजनाबारे सामाजिक सञ्जालमा समेत व्यापक चर्चा भइरहेको छ।