नृपबहादुर सुनारले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए

theoutsidenepal.com

नृपबहादुर सुनारले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए

धनगढी । नेपाली कांग्रेसका नेता नृपबहादुर सुनारले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।

उम्मेदवारीसँगै नेता सुनारले क्षेत्र नं. ५ अन्तर्गतका सम्पूर्ण वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूसमक्ष आफ्नो पक्षमा मतदान गरी विजयी गराइदिन हार्दिक अनुरोध गरेका छन्।

सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै सुनारले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्न क्षेत्र नं. ५ का सम्पूर्ण वडा सभापतिज्यूहरू तथा आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरूलाई आग्रह गरेका हुन्।

उनले कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै प्रतिनिधिहरूको समर्थन र सहयोगको अपेक्षा गरेका छन्।


प्रतिक्रिया