प्रहरी संगठनका लागि ऐतिहासिक उपलब्धि : ‘भगवान रूपी’ आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीले न्याय पायो

theoutsidenepal.com

काठमाडौं — नेपाल प्रहरी संगठनका सम्पूर्ण प्रहरी कर्मचारीका लागि एक ऐतिहासिक र गौरवपूर्ण क्षण सिर्जना भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको दूरदर्शी नेतृत्व, निरन्तर पहल र अटुट प्रतिबद्धताका कारण नेपाल प्रहरीको लामो समयदेखिको पीडा अन्ततः अन्त्य भएको छ।


आईजीपी कार्कीको विशेष पहलमा सरकारले नेपाल प्रहरीको राशन स्केल वृद्धि गर्ने ऐतिहासिक निर्णय गरेको छ। माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब नेपाल प्रहरीले अन्य सुरक्षा निकायसरह समान स्तरको राशन सुविधा पाउने भएको छ, जुन आगामी फागुन १ गतेदेखि लागू हुनेछ।


यो निर्णयसँगै वर्षौँदेखि नेपाल प्रहरीमा रहँदै आएको विभेद अन्त्य भएको छ। अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीको राशन स्केलमा रहँदै आएको असमानता हटाउन आईजीपी कार्कीले पदभार ग्रहण गरेदेखि नै निरन्तर प्रयास गर्दै आउनु भएको थियो।


आईजीपी कार्कीले दर्ज्यानी चिन्ह समारोहका क्रममा दिएको प्रतिबद्धता आज व्यवहारमा परिणत भएको छ। “बोलेको कुरा गरेर देखाउने” नेतृत्वको उदाहरण प्रस्तुत गर्दै उहाँले प्रहरी संगठनप्रति आफ्नो गहिरो समर्पण फेरि एकपटक प्रमाणित गर्नुभएको छ।


यस निर्णयलाई प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि, पेशागत सम्मान, र सुरक्षा निकायबीच समानता कायम गर्ने ऐतिहासिक कदमको रूपमा हेरिएको छ। प्रहरी संगठनभित्र यस निर्णयप्रति व्यापक खुसी र उत्साह देखिएको छ।


आईजीपी दानबहादुर कार्कीको कार्यकाल नेपाल प्रहरी सुधार, कर्मचारी हित, सेवा प्रवाहको गुणस्तर सुधार तथा संगठनात्मक सुदृढीकरणका दृष्टिले स्मरणीय बन्दै गएको छ। प्रहरी कर्मचारीको हक–हितका लागि निरन्तर लड्ने, निर्णयमा परिणाम देखाउने र संगठनलाई नयाँ उचाइमा पुर्‍याउने नेतृत्वका रूपमा आईजीपी कार्कीलाई ‘प्रहरी संगठनका लागि भगवान रूपी नेतृत्व’ भनेर सम्मानपूर्वक चर्चा गर्न थालिएको छ।


नेपाल प्रहरी संगठनका हजारौं कर्मचारीले यस ऐतिहासिक निर्णयका लागि आईजीपी दानबहादुर कार्कीप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँको नेतृत्वलाई सलाम गरेका छन्।


यो निर्णय आईजीपी कार्कीको दूरदृष्टि, अडान र परिणाममुखी नेतृत्वको प्रत्यक्ष प्रमाण हो।


प्रतिक्रिया