तनहुँ कांग्रेसमा राजेशकुमार श्रेष्ठको चर्चा : महाधिवेशन प्रतिनिधि मात्रै होइन, केन्द्रीय कमिटीमै पुग्नुपर्ने युवा नेताका रूपमा समर्थन

theoutsidenepal.com

तनहुँ कांग्रेसमा राजेशकुमार श्रेष्ठको चर्चा : महाधिवेशन प्रतिनिधि मात्रै होइन, केन्द्रीय कमिटीमै पुग्नुपर्ने युवा नेताका रूपमा समर्थन

द टन न्युज । तनहुँ ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै तनहुँ कांग्रेसमा युवा नेता राजेशकुमार श्रेष्ठको उम्मेदवारी र राजनीतिक भूमिकाबारे चर्चा बढेको छ।

श्रेष्ठलाई महाधिवेशन प्रतिनिधिमा मात्र सीमित नराखी पार्टीको केन्द्रीय कमिटीमा समेत भूमिका दिनुपर्ने धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेको छ। कांग्रेसभित्र युवाको सक्रिय सहभागिता र नेतृत्व विकास आवश्यक रहेको बताउँदै श्रेष्ठजस्ता ऊर्जाशील युवालाई पार्टीको मूल नेतृत्व तहमा अवसर दिनुपर्ने समर्थकहरूको धारणा छ।


एक कांग्रेस शुभेच्छुकले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि मात्रै होइन, केन्द्रीय कमिटीमा रहनैपर्ने जोसिलो युवा हुन् राजेश कुमार श्रेष्ठ। तनहुँ काङ्ग्रेसीहरूले न्याय गरून्।”

उक्त सन्देशमा श्रेष्ठलाई प्रतिनिधि छनोट तथा महाधिवेशनका लागि शुभकामना दिँदै पार्टीभित्र उनको योगदान र सक्रियतालाई उचित मूल्यांकन गर्न तनहुँका कांग्रेस कार्यकर्तासँग आग्रह गरिएको छ।

आगामी महाधिवेशनसँगै कांग्रेसको संगठनमा युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्व विकासको विषय पनि चर्चामा रहेको अवस्थामा श्रेष्ठको राजनीतिक यात्रा र आगामी भूमिका तनहुँ कांग्रेसमा चासोको विषय बनेको छ।


प्रतिक्रिया