द टन न्युज ॥ विशेष रिपोर्ट
एकै दिन ५२ हजार अर्डर प्रशोधन, ४७ हजार सफल डेलिभरी : नेपाल क्यान मुभको नयाँ कीर्तिमान
काठमाडौं । नेपाल क्यान मुभ (NCM) ले एकै दिन ५२ हजार अर्डर प्रशोधन गर्दै ४७ हजार अर्डर सफलतापूर्वक डेलिभरी गरेको जनाएको छ। कम्पनीका अनुसार यो NCM को नयाँ रेकर्ड हुनुका साथै नेपालको लजिस्टिक्स उद्योगका लागि समेत नयाँ बेन्चमार्क बनेको छ।
कम्पनीले सामाजिक सञ्जालमार्फत उक्त उपलब्धि सार्वजनिक गर्दै आफ्नो सफलतामा साथ दिने भेन्डर पार्टनर तथा ग्राहकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
NCM ले एकै दिन ठूलो संख्यामा अर्डर प्रशोधन र डेलिभरी गर्न सफल हुनुमा आफ्नो सम्पूर्ण टोलीको मेहनत, समर्पण र सहकार्य महत्वपूर्ण रहेको जनाएको छ।
कम्पनीको नेतृत्वले आफ्नो टोलीप्रति गर्व व्यक्त गर्दै कठिन परिश्रम र समर्पणका लागि सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएको छ।
“CAN PEOPLE. CAN SPIRIT. PROUD RED.” भन्ने भावनासहित कम्पनीले आगामी दिनमा पनि सेवा विस्तार र लजिस्टिक्स क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।
नेपालको तीव्र रूपमा विस्तार भइरहेको ई–कमर्स तथा लजिस्टिक्स क्षेत्रमा एकै दिन ४७ हजार सफल डेलिभरीको यो उपलब्धिले ठूलो मात्रामा डेलिभरी व्यवस्थापन गर्ने क्षमतातर्फ पनि संकेत गरेको कम्पनीको भनाइ छ।