एनआरएनए जापानको स्वर्णिम कार्यकाल सम्झँदै निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेल

theoutsidenepal.com

एनआरएनए जापानको स्वर्णिम कार्यकाल सम्झँदै निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेल

द टन न्युज । विशेष रिपोर्ट

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले आफ्नो कार्यकाललाई स्वर्णिम र सम्झनलायक भएको स्मरण गर्दै सम्पूर्ण एनआरएनए जापान परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

एनआरएनए जापानको दशौँ महाधिवेशनबाट सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भई सफलतापूर्वक कार्यभार सम्पन्न गरेको अवसरमा पौडेललाई संघको राष्ट्रिय समन्वय परिषद् जापानले कदरपत्र प्रदान गरेको थियो। कदरपत्रमा उनको कार्यकालमा जापानमा एनआरएनएको विस्तार तथा जापानवासी नेपालीहरूको उत्थानका लागि महत्वपूर्ण कार्यहरू भएको उल्लेख गर्दै योगदानको उच्च मूल्यांकन गरिएको छ।

पौडेलले सामाजिक सञ्जालमार्फत कदरपत्र सार्वजनिक गर्दै लेखेका छन्—

“एनआरएनए जापानको त्यो कार्यकाल स्वर्णिम र सम्झनलायक रह्यो। यसमा तपाईंहरू सबैको पसिना, मेहनत र समर्पण जोडिएको छ। यो कदरपत्र मेरो जीवनको अमूल्य सम्झना हो। आत्मीय साथ र सम्मानका लागि सम्पूर्ण एनआरएनए जापान परिवारप्रति फेरि पनि हार्दिक आभार। 🙏❤️”

कदरपत्रमा एनआरएनए जापानको विस्तार, जापानवासी नेपालीहरूको उत्थान तथा विभिन्न महत्वपूर्ण सामाजिक कार्यमा पौडेलको सक्रियता, समर्पण र संस्थाप्रतिको निष्ठाको प्रशंसा गरिएको छ।

कदरपत्रमा भनिएको छ, “गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, जापानको दशौँ महाधिवेशनबाट २०२१–२०२३ कार्यकालका लागि अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभई अत्यन्त सफलतापूर्वक कार्यभार सम्हाल्नुका साथै उत्कृष्ट तथा प्रशंसनीय कार्यहरू गर्नुभएकोमा यस संस्थाप्रति पु¥याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै हामी सम्पूर्ण कार्यसमितिको तर्फबाट यस कदरपत्रद्वारा सम्मानित गर्दछौँ।”

त्यसैगरी, पौडेलको कार्यकालमा एनआरएनए जापानको विस्तार तथा जापानवासी नेपालीहरूको उत्थानका लागि विभिन्न महत्वपूर्ण कार्यहरू भएको उल्लेख गर्दै कदरपत्रमा उनको सक्रियता, समर्पण र संघप्रतिको निष्ठाको प्रशंसा गरिएको छ।

कदरपत्रमा पौडेलको उज्ज्वल भविष्यको कामना समेत गरिएको छ। कदरपत्र २९ जुलाई २०२३ मा प्रदान गरिएको देखिन्छ।


प्रतिक्रिया