मिङ्मा शेर्पालाई भोट दिन आह्वान : “समृद्ध संखुवासभा र पर्यटन विकासका लागि सक्षम नेतृत्व”

theoutsidenepal.com

मिङ्मा शेर्पालाई भोट दिन आह्वान : “समृद्ध संखुवासभा र पर्यटन विकासका लागि सक्षम नेतृत्व”


संखुवासभा — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङ्मा शेर्पाको समर्थनमा सामाजिक सञ्जालमा विभिन्न स्टाटसहरू सार्वजनिक भइरहेका छन्। समर्थकहरूले उनलाई हजारौँ मानिसलाई रोजगारी दिन सक्ने, राज्यलाई अर्बौँ राजस्व र रोयल्टी बुझाउन सक्ने सक्षम नेतृत्वका रूपमा चित्रण गरेका छन्।


एक समर्थकले लेखेको स्टाटसमा मिङ्मा शेर्पालाई संखुवासभाका युवालाई पर्यटन तथा गाउँमै रोजगारीको अवसर सिर्जना गर्न सक्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै जिल्लाको विकास र जनजीवन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। “यदि यसपटक मिङ्मा दाइलाई अवसर दिइयो भने, उहाँले संखुवासभालाई अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा चिनाउने र स्थायी आम्दानीका असीमित अवसर सिर्जना गर्नेछन्,” स्टाटसमा उल्लेख गरिएको छ।


समर्थकहरूले समृद्ध संखुवासभा, पर्यटन विकास र उज्ज्वल भविष्यका लागि मिङ्मा शेर्पालाई मत दिन मतदातासँग आह्वान गरेका छन्। आगामी फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल थप तातिँदै गएको छ। 


प्रतिक्रिया