काठमाडौं — प्रेम र संगीतको विशेष अवसर भ्यालेन्टाइन डे (फागुन २ / फेब्रुअरी १४) का दिन नयाँ म्युजिक भिडियो ‘Tere Pyar Mein’ को भव्य सार्वजनिक कार्यक्रम आयोजना हुने भएको छ। Rids Hospitality र Summer Holiday Films, India को सहकार्यमा हुने उक्त Exclusive Music Video Launch कार्यक्रम काठमाडौंस्थित क्लब नोभा, नेपाल मा राति ९ बजेदेखि सुरु हुनेछ।
कार्यक्रममा लोकप्रिय गायिका वर्षा कर्माचार्य र गायक सुजन बि.के. को सशक्त स्वर सुन्न पाइनेछ भने म्युजिक भिडियोमा अनुज र दिलजोत्त मुख्य भूमिकामा देखिनेछन्। कार्यक्रममा D’ Genesis लाइभ ब्यान्डको विशेष प्रस्तुति, ग्रान्ड म्युजिक भिडियो प्रिमियर तथा मनोरञ्जनसँगै नेटवर्किङको अवसर समेत रहने आयोजकले जनाएको छ।
संगीत, सिर्जना र सहकार्यलाई एकै थलोमा उत्सवका रूपमा मनाउने लक्ष्यसहित आयोजना गरिएको यो कार्यक्रमले भ्यालेन्टाइन डेमा मनोरञ्जनप्रेमी दर्शकलाई विशेष आकर्षण दिने अपेक्षा गरिएको छ। नयाँ स्वाद र रोमान्टिक माहोलसहित प्रस्तुत हुने ‘Tere Pyar Mein’ ले नेपाली तथा अन्तर्राष्ट्रिय संगीत पारखीबीच उत्साह थप्ने विश्वास आयोजकको छ।
कार्यक्रममा सहभागी भई संगीत र प्रेमको सुन्दर उत्सवमा रमाउन आयोजकले सबैलाई हार्दिक निमन्त्रणा दिएको छ।