निता कुमारी खत्रीद्वारा मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त
द टन न्युज । कैलाली ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेकी निता कुमारी खत्रीले आफ्नो अभियानमा साथ, सहयोग, माया र विश्वास व्यक्त गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, सभापति, नेतागण, अग्रज, शुभेच्छुक तथा पत्रकारहरूप्रति आभार व्यक्त गरेकी छन्।
खत्रीले लोकतान्त्रिक प्रक्रियामा अघि बढ्ने क्रममा प्राप्त साथ र सद्भावलाई केवल समर्थनका रूपमा नभई महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताएकी छन्। उनले आफूले प्राप्त गरेको विश्वासलाई जीवनभर सम्मानका साथ स्मरण गर्ने उल्लेख गरेकी छन्।
उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत मात्र नभई आफूलाई साथ र विश्वास गर्ने सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकहरूको साझा यात्रा भएको बताउँदै प्राप्त विश्वासलाई संगठन, कार्यकर्ता र जनताको आवाज केन्द्रसम्म पुर्याउने जिम्मेवारीका रूपमा लिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
खत्रीले पदलाई उपलब्धिभन्दा बढी जिम्मेवारीका रूपमा ग्रहण गर्दै संगठन र कार्यकर्ताप्रति सदैव जवाफदेही भएर अघि बढ्ने बताएकी छन्।
उनले भनिन्, “तपाईंहरूको माया र विश्वास मेरो शक्ति हो, तपाईंहरूको साथ मेरो जिम्मेवारी हो।”
खत्रीले आफ्नो यात्रामा साथ, सद्भाव र विश्वास प्रदान गर्ने सबैप्रति पुनः हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै “जय नेपाल” समेत व्यक्त गरेकी छन्।