नेपाली कांग्रेसका उपसभापति एवं उद्योगपति विनोद चौधरीद्वारा तिहार तथा छठ पर्वको शुभकामना

theoutsidenepal.com

नेपाली कांग्रेसका उपसभापति एवं उद्योगपति विनोद चौधरीद्वारा तिहार तथा छठ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं उद्योगपति विनोद चौधरीले नेपालीहरूको महान् पर्व तिहार तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।


उहाँले तिहारले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना अझ बलियो बनाओस् तथा छठ पर्वले श्रद्धा, आस्था, विश्वास र सामाजिक एकताको सन्देश फैलाओस् भन्ने कामना गर्नुभएको छ।

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधताले भरिएको देश भएकाले यस्ता चाडपर्वले सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

उद्योग, व्यवसाय र राजनीतिमा सक्रिय रहँदै आउनुभएका चौधरीले चाडपर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलताको कामना गर्नुभएको छ।

द टन न्युज | विशेष रिपोर्ट


प्रतिक्रिया