चितवन क्षेत्र नं ३ बाट रास्वपा प्रभावशाली नेतृ सोबिता गौतमले आफ्ना मतदातासँग हृदयस्पर्शी संवाद गर्नुभएको छ। हिजो आयोजित घरदैलो कार्यक्रममा सोबिता महतोले उपस्थित नागरिकसँग भेटघाट गर्दै भावुक सन्देश व्यक्त गर्नुभयो।
उहाँले आफ्नो छोरा यूकेमा रहेकाले घर रित्तो महसुस हुने कुरा बताउँदै आँशु थाम्न नसक्नुभएको थियो। सोबिताका अनुसार, “छोराले भन्नुभयो, ‘यहाँबाट तपाईँको मितीनी उठेको छ, भोट हाल्नु है ममी,’” भनी सुनाउँदा उहाँ भावुक हुनुभयो।
सोबिताले आमाबुबा र युवाको परिस्थिति जोडेर उल्लेख गर्नुभयो कि, “छोराछोरी परदेशिँदा आमाबुबाको मन घरमै रित्तिन्छ। परदेशबाट आउने सन्देशहरू हरेक घरको यथार्थ हुन्। अब युवाले देश छोड्नुपर्ने नियति होइन, देशमै भविष्य भेट्ने अवस्था बनिनुपर्छ। म यसका लागि पूर्ण प्रतिबद्ध छु।”
सोबिता गौतमको अभियानले चितवन–३ का मतदातामाझ उत्साह र आशा थपेको छ, र उहाँको नेतृत्वमा क्षेत्रीय विकास र युवालाई देशमै अवसर सुनिश्चित गर्ने दृष्टिकोणलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।