काठमाडौं — बलिउडका चर्चित सुपरस्टार अभिनेता संजय दत आज काठमाडौं आइपुगेका छन्। नेपाल आगमनलगत्तै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री **क. पुष्पकमल दाहाल ‘प्रचण्ड’**सँग भेट गर्न प्रचण्ड निवास पुगेका छन्।
भेटघाटका क्रममा दुवैबीच आपसी सौहार्दता, सांस्कृतिक सम्बन्ध तथा नेपाल–भारतबीचको कलाकारिता र मित्रताको विषयमा छलफल भएको बताइएको छ। संजय दतको नेपाल भ्रमणलाई विशेष अर्थका साथ हेरिएको छ।
यद्यपि, भेटको औपचारिक एजेन्डाबारे विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन। संजय दतको काठमाडौं आगमनसँगै उनका प्रशंसकहरूमा उत्साह बढेको छ।
08 January 2026