उज्यालो नेपाल पार्टीद्वारा सोलुखुम्बुमा प्रत्यक्षतर्फ पहिलो टिकट पेम्बा छिरी शेर्पालाई

theoutsidenepal.com

काठमाडौँ । उज्यालो नेपाल पार्टीले सोलुखुम्बु जिल्लाबाट प्रत्यक्षतर्फको पहिलो टिकट युवा नेता पेम्बा छिरी शेर्पालाई प्रदान गरेको छ। शेर्पा उज्यालो नेपाल पार्टीका केन्द्रीय पर्यटन विभाग सदस्य समेत हुनुहुन्छ।


पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका वरिष्ठ नेता अनुप कुमार उपाध्यायले पेम्बा छिरी शेर्पालाई प्रत्यक्षतर्फको टिकट हस्तान्तरण गर्नुभएको हो।


उक्त जानकारी उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम लामाले दिनुभएको छ। उहाँका अनुसार पार्टीले सोलुखुम्बुमा युवा नेतृत्वलाई अघि सार्दै परिवर्तनमुखी राजनीति सुदृढ गर्ने उद्देश्यसहित शेर्पालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेको हो।


पार्टी नेतृत्वले पेम्बा छिरी शेर्पाको पर्यटन क्षेत्रको अनुभव, स्थानीय पहुँच र युवामाझको लोकप्रियतालाई ध्यानमा राख्दै टिकट प्रदान गरिएको जनाएको छ। यस निर्णयलाई सोलुखुम्बु जिल्लामा उज्यालो नेपाल पार्टीको संगठन विस्तार र राजनीतिक प्रभाव बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


प्रतिक्रिया