झापा ५: ‘ज्वाइँलाई खाली हात फर्काउन हुँदैन’ — चुनावी गफगाफ

theoutsidenepal.com

झापा ।राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापा पुगेसँगै स्थानीयवासीले उनलाई आत्मीय रूपमा ‘ज्वाइँसाब’ भनेर सम्बोधन गर्दै विशेष सम्मान जनाइरहेका छन्। पारिवारिक नाताले झापासँग जोडिएका बालेनको उपस्थितिले जिल्लाको राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ।


बालेन शाहकी पत्नी सबिना काफ्ले को माइती मोरङको उर्लाबारी मा रहेको छ भने झापा–५ अन्तर्गत गौरादहमा मामाघर परेकाले बालेनको झापासँग पारिवारिक सम्बन्ध जोडिएको छ। यही नाताका कारण झापालीहरूले उनलाई ‘ज्वाइँसाब’ भनेर अपनत्वका साथ सम्बोधन गर्न थालेका हुन्।



“ज्वाइँलाई खाली हात फर्काउन हुँदैन” — चुनावी गफगाफ



बालेन शाहको आगमनसँगै झापाको राजनीतिक वृत्त र स्थानीय गफगाफमा—“ज्वाइँलाई खाली हात फर्काउन हुँदैन” भन्ने रमाइलो चर्चा समेत चल्न थालेको छ।यसलाई कतिपयले झापामा वैकल्पिक राजनीतिप्रतिको बढ्दो आकर्षण र बालेनको लोकप्रियतासँग जोडेर हेरेका छन्।


पारिवारिक नाता र राजनीतिक चासो


यद्यपि यो चर्चा औपचारिक राजनीतिक घोषणाभन्दा बढी सामाजिक र सांस्कृतिक अपनत्वसँग जोडिएको भए पनि, बालेन शाहको झापा आगमनले जिल्लाको राजनीतिक माहोल तताएको देखिन्छ। विशेषगरी युवा र परिवर्तन चाहने वर्गबीच उनको उपस्थितिलाई उत्सुकतापूर्वक हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, सार्वजनिक जीवनमा लोकप्रिय र स्पष्ट छविका नेताहरूको पारिवारिक नातासमेत कहिलेकाहीँ चुनावी वातावरणमा मनोवैज्ञानिक प्रभाव पार्ने गर्छ। झापामा बालेन शाहप्रति देखिएको आत्मीय व्यवहारलाई यही सन्दर्भमा हेरिएको छ।

प्रतिक्रिया