काठमाडौं—नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। भृकुटीमण्डपमा जारी महाधिवेशनमार्फत पार्टीका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।
नयाँ कार्यसमिति अनुसार पार्टी सभापतिमा गगन थापा चयन भएका छन्। उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वसम्मत भएका छन्। त्यस्तै, महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन्।
महाधिवेशनले सहमहामन्त्रीहरू पनि निर्विरोध निर्वाचित गरेको छ। महिला कोटाबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सहमहामन्त्रीमा चयन भएका छन्।
यसैगरी, आदिवासी जनजाति कोटाबाट बहादुर सिंह लामा, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन्।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै नेपाली कांग्रेसले संगठन सुदृढीकरण र राजनीतिक एजेन्डालाई तीव्रता दिने अपेक्षा गरिएको छ।