गोरखबहादुर बिष्ट ‘आनन्द’द्वारा महाधिवेशन प्रतिनिधिसँग मत माग्दै अपिल

theoutsidenepal.com

गोरखबहादुर बिष्ट ‘आनन्द’द्वारा महाधिवेशन प्रतिनिधिसँग मत माग्दै अपिल

काठमाडौं । नेपाली कांग्रेसका नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ले पार्टीको १५औँ महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो पक्षमा समर्थनका लागि अपिल गरेका छन्।

बिष्टले सोमबार बिहान सामाजिक सञ्जालमार्फत देशभर तथा विश्वभर रहेका नेपाली जनसम्पर्क समितिबाट महाधिवेशनमा सहभागी प्रतिनिधिहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो अमूल्य मत, साथ, सुझाव र विश्वासका लागि आग्रह गरेका हुन्।


उनले पार्टीको एकता, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनको सुदृढीकरणलाई केन्द्रमा राख्दै निरन्तर संवाद र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिष्ट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा छन्। यसअघि उनी कैलाली क्षेत्र नम्बर ४ बाट ६९० मतमध्ये ५६० मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। 

बिष्टले आफ्नो अपिलमा विदेशमा रहेका नेपाली कांग्रेसका जनसम्पर्क समिति तथा महाधिवेशन प्रतिनिधिहरूसँगको सम्बन्धलाई समेत महत्व दिएका छन्। कांग्रेसको केन्द्रीय तहमा रहेर संगठनलाई थप सुदृढ, एकताबद्ध र लोकतान्त्रिक बनाउन भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ।

उनले लेखेका छन्, “यहाँहरूको अमूल्य मत, साथ, सुझाव र विश्वासका लागि हार्दिक अपिल गर्दछु।”

कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा जारी छ र केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। 

बिष्टको उम्मेदवारीसँगै प्रवासमा रहेका नेपाली कांग्रेसका जनसम्पर्क समिति र महाधिवेशन प्रतिनिधिहरूको समर्थन जुटाउने अभियानसमेत तीव्र बनेको देखिएको छ।


प्रतिक्रिया