महामन्त्रीका उम्मेदवार डा. सुनिल शर्माले गरे मतदान

theoutsidenepal.com

महामन्त्रीका उम्मेदवार डा. सुनिल शर्माले गरे मतदान

द टन न्युज । काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महामन्त्री पदका उम्मेदवार डा. सुनिल कुमार शर्माले मतदान गरेका छन्।

महामन्त्री पदका उम्मेदवार शर्माको मतपत्रमा क्रमसंख्या ८ रहेको छ।

शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भनिएको मतदान एक घण्टा ढिलो गरी सुरु भएको हो। मतदान प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।

खुलामञ्चमा ६ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। बागमती प्रदेशका प्रतिनिधिहरूका लागि भने प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा मतदानको व्यवस्था गरिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाअन्तर्गत मतदान जारी रहेको छ।

द टन न्युज


प्रतिक्रिया