चितवन कांग्रेसमा अमृत गुरुङको उदय : अब केन्द्रीय सदस्यतर्फ तयारी

theoutsidenepal.com

चितवन कांग्रेसमा अमृत गुरुङको उदय : अब केन्द्रीय सदस्यतर्फ तयारी

द टन न्युज । चितवन ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा नेता अमृत गुरुङ अब पार्टीको केन्द्रीय सदस्य बन्ने तयारीमा जुटेका छन्।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि गुरुङले पार्टीका केन्द्रीय नेतृत्व तथा चितवनका नेताहरूसँग छलफल र परामर्शलाई तीव्रता दिएका छन्। युवाको प्रतिनिधित्वलाई प्राथमिकता दिँदै आगामी अधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारीमा उनी रहेको बताइएको छ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि गुरुङले आफूलाई विश्वास गरी विजयी गराउने क्षेत्रीय प्रतिनिधि, चितवनका आमाबुबा तथा युवा साथीहरूप्रति आभार व्यक्त गरेका छन्। प्राप्त विश्वासलाई आगामी राजनीतिक यात्राको जिम्मेवारीका रूपमा लिँदै पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा राजनीतिमा युवाको सहभागिता र नेतृत्व विकासका लागि सक्रिय रहने उनको भनाइ छ।

चितवन कांग्रेसका नेता तथा एनआरएनए आईसीसीका उपाध्यक्ष प्रविन गुरुङले अमृत गुरुङलाई अब पार्टीको केन्द्रीय नेतृत्वमा अगाडि बढाउनुपर्ने आवाज चितवनमा रहेको बताएका छन्।

उनका अनुसार अमृत गुरुङप्रति चितवनसहित देशभरका युवामाझ सकारात्मक धारणा रहेको छ।

“युवालाई नेतृत्वमा अगाडि बढाउनुपर्छ। अमृत गुरुङजस्तो युवालाई केन्द्रीय तहमा अवसर दिन सके पार्टीमा नयाँ ऊर्जा थपिन्छ,” प्रविन गुरुङले भने।

महाधिवेशन प्रतिनिधिमा प्राप्त सफलतासँगै अमृत गुरुङको राजनीतिक लक्ष्य अब केन्द्रीय सदस्यतर्फ केन्द्रित भएको छ। उनको सम्भावित उम्मेदवारीलाई कांग्रेसभित्र युवाको नेतृत्व विकास र नयाँ पुस्ताको सहभागितासँग जोडेर हेरिएको छ।

चितवन क्षेत्र नं. ३ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै गुरुङले अब स्थानीय संगठनदेखि केन्द्रीय नेतृत्वसम्म आफ्नो राजनीतिक भूमिकालाई विस्तार गर्ने तयारी थालेका छन्। आगामी अधिवेशनमा उनको उम्मेदवारी र त्यसले कांग्रेसको केन्द्रीय राजनीतिमा पार्ने प्रभाव भने महाधिवेशनको राजनीतिक समीकरणसँगै थप स्पष्ट हुने देखिन्छ।

द टन न्युज — देशदेखि विश्वसम्म एउटै आवाज


प्रतिक्रिया