नेपाली कांग्रेस कैलाली–५ बाट महाधिवेशन प्रतिनिधिमा निता कुमारी खत्रीको उम्मेदवारी

theoutsidenepal.com

नेपाली कांग्रेस कैलाली–५ बाट महाधिवेशन प्रतिनिधिमा निता कुमारी खत्रीको उम्मेदवारी

द टन न्युज । कैलाली । नेपाली कांग्रेसको कैलाली क्षेत्र नं. ५ बाट निता कुमारी खत्रीले महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

खत्रीले युवाको आवाज, भावना, अपेक्षा र विचारलाई पार्टीको संगठनभित्र अझ सशक्त रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्। उनले अग्रजहरूको अनुभवलाई सम्मान गर्दै युवाको ऊर्जा र सक्रियतालाई एकताबद्ध गरी नेपाली कांग्रेसलाई थप बलियो, गतिशील र जनमुखी बनाउन आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि युवाको आवाजलाई प्रतिनिधित्व गर्ने विश्वास र जिम्मेवारी भएको खत्रीको भनाइ छ। पार्टीप्रतिको निष्ठा, इमानदारी, प्रतिबद्धता र निरन्तर सेवाको भावनालाई आत्मसात् गर्दै अघि बढ्ने उनले बताएकी छन्।

क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूसँग समर्थन र विश्वासको आग्रह गर्दै खत्रीले अग्रजहरूको आशीर्वाद, प्रतिनिधिहरूको विश्वास र शुभेच्छुकहरूको साथले आफ्नो उम्मेदवारीलाई सार्थक बनाउने विश्वास व्यक्त गरेकी छन्।

“तपाईंहरूको विश्वास मेरो हौसला हो, तपाईंहरूको साथ मेरो शक्ति हो र तपाईंहरूको अमूल्य मत मेरो जिम्मेवारी हो,” खत्रीले भनेकी छन्।

उनले युवाको आवाजलाई अझ प्रभावकारी रूपमा पार्टीभित्र स्थापित गर्न आफूलाई अवसर दिन क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रहसमेत गरेकी छन्।

निता कुमारी खत्री
महाधिवेशन प्रतिनिधि पदकी उम्मेदवार
नेपाली कांग्रेस, कैलाली क्षेत्र नं. ५


प्रतिक्रिया