अनेसास बोर्ड अफ ट्रस्टीको निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति गठन

theoutsidenepal.com

अनेसास बोर्ड अफ ट्रस्टीको निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति गठन

गुणराज लुइँटेलको संयोजकत्वमा निर्वाचन समिति गठन, पदम विश्वकर्माद्वारा सफलताको शुभकामना

द टन न्युज । विशेष रिपोर्ट ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीको सन् २०२७–२०३० कार्यकालका लागि निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति गठन गरिएको छ। बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले निर्वाचन समितिका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

अनेसास बोर्ड अफ ट्रस्टीद्वारा सार्वजनिक गरिएको जानकारीअनुसार निर्वाचन समितिको प्रमुख निर्वाचन आयुक्तमा गुणराज लुइँटेल चयन भएका छन्। त्यस्तै, निर्वाचन आयुक्तमा भीम कार्की र अम्बिका लोहनी नियुक्त भएका छन्।


बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले निर्वाचन समिति गठनसँगै निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका सम्पूर्ण आयुक्तहरूलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरेका हुन्।

नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सक्रिय अनेसासको बोर्ड अफ ट्रस्टीको निर्वाचनलाई संस्थागत प्रक्रिया, पारदर्शिता र निष्पक्षताका साथ सम्पन्न गर्नु नवगठित निर्वाचन समितिको प्रमुख जिम्मेवारी हुनेछ।

प्रवासमा रहेका नेपाली साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूलाई जोड्दै आएको अनेसासको संस्थागत विकास र आगामी नेतृत्व चयनका दृष्टिले पनि यो निर्वाचन महत्वपूर्ण मानिएको छ।

निर्वाचन समितिले निर्धारित कार्यकालका लागि निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउँदै संस्थाको गरिमा र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

बोर्ड अफ ट्रस्टीका सभापति विश्वकर्माले निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लुइँटेल तथा निर्वाचन आयुक्तद्वय कार्की र लोहनीलाई सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्न शुभकामना व्यक्त गरेका छन्।

द टन न्युज परिवार पनि सम्पूर्ण निर्वाचन आयुक्तहरूलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछ।


प्रतिक्रिया