बालेनको राष्ट्रसंघ सम्बोधनबारे एमाले नेता बास्कोटा : ‘देशको भावना बोले, खुसी मनले समर्थन गरे’

theoutsidenepal.com

बालेनको राष्ट्रसंघ सम्बोधनबारे एमाले नेता बास्कोटा : ‘देशको भावना बोले, खुसी मनले समर्थन गरे’

काठमाडौं, ९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनप्रति नेकपा एमालेका नेता गोकुल बास्कोटाले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहको सम्बोधन आफूलाई दृढ, सार्थक र जोडदार लागेको बताएका छन्।

उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थक नभएको स्पष्ट गर्दै प्रधानमन्त्री शाहले दलविशेषको नभई देशको भावना बोलेको भन्दै खुसी मनले समर्थन गरेको उल्लेख गरेका छन्।

बास्कोटाले लेखेका छन्, “प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले–मैले खुसी मनले समर्थन गरे।”

बास्कोटाको यो अभिव्यक्ति प्रधानमन्त्री शाहको अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत सम्बोधनप्रति राजनीतिक दलभन्दा माथि उठेर गरिएको समर्थनका रूपमा आएको छ।


प्रतिक्रिया