कैलाली–४ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बसन्त रोकायाले मागे अमूल्य मत

theoutsidenepal.com

कैलाली–४ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बसन्त रोकायाले मागे अमूल्य मत

द टन न्युज । कैलाली ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. ४ मा आज दिउँसो १ः३० बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ। महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी दिएका बसन्त रोकायाले आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न क्षेत्रीय प्रतिनिधिहरूसमक्ष हार्दिक अपिल गरेका छन्।


रोकायाले आफ्नो क्रम संख्या ११ रहेको उल्लेख गर्दै कैलाली क्षेत्र नं. ४ अन्तर्गतका सम्पूर्ण आदरणीय वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गरेका हुन्।

मतदान प्रक्रियामा सहभागी हुने सम्पूर्ण प्रतिनिधिहरूलाई शुभकामना व्यक्त गर्दै रोकायाले आफूलाई प्राप्त हुने विश्वास, साथ, सहयोग र अमूल्य मतप्रति सधैँ आभारी रहने बताएका छन्।

बसन्त रोकाय
महाधिवेशन प्रतिनिधि उम्मेदवार (खुला)
नेपाली कांग्रेस, कैलाली क्षेत्र नं. ४
क्रम संख्या : ११


प्रतिक्रिया