काठमाडौं । “भिडको पछि होइन, सिद्धान्तको पक्षमा उभिने पार्टी हो एमाले” भन्ने सन्देशसहित नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्यका प्रत्येक्ष उम्मेदवार क. मणिराम फुयाल चुनावी अभियानमा सक्रिय बनेका छन्। काठमाडौं क्षेत्र नं–२ बाट सूर्य चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका फुयाललाई विद्यार्थी आन्दोलनदेखि जनसेवासम्मको संघर्षशील नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ।
स्थानीय स्तरमा जनतासँग भिजेका, अनुशासित र स्पष्ट विचार बोकेका नेताका रूपमा चिनिने फुयाल विकासको स्पष्ट रोडम्यापसहित मैदानमा आएको समर्थकहरूले बताएका छन्। समानुपातिक तर्फबाट बुद्ध भक्त चित्रकार पनि उम्मेदवार रहेका छन्।
युवाहरूले “अबको पालो नेकपा (एमाले) को एकल सरकार” भन्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका छन्। “युवाहरूको आह्वान, सूर्य चिन्हमा मतदान” भन्ने नारासहित सामाजिक सञ्जालमा समेत एमाले समर्थकहरू सक्रिय देखिएका छन्।