भोटेकोशी बाढी प्रभावित बालबालिकाको अवस्थाबारे बुझ्न नुवाकोट पुगे MIT Group Foundation

theoutsidenepal.com

भोटेकोशी बाढी प्रभावित बालबालिकाको अवस्थाबारे बुझ्न नुवाकोट पुगे MIT Group Foundation

नुवाकोट । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बालबालिकाको अवस्था बुझ्न MIT Group Foundation को टोली नुवाकोट पुगेको छ। विपद्पछि अस्थायी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकासँग प्रत्यक्ष भेट गर्दै टोलीले उनीहरूको अवस्था, आवश्यकता र बसोबासको वातावरणबारे जानकारी लिएको हो।


भेटका क्रममा प्रभावित बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको अनुभव र परिस्थितिबारे बुझ्ने तथा हालको जीवनयापनको अवस्थालाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त भएको फाउन्डेसनले जनाएको छ।


MIT Group Foundation ले तत्कालीन राहत तथा सहयोगसँगै विपद्बाट प्रभावित प्रत्येक बालबालिकाले आफ्नो शिक्षा निरन्तरता दिन पाउने, सुरक्षित वातावरणमा हुर्किन पाउने तथा सम्मान र आशाका साथ भविष्यतर्फ अघि बढ्न सक्ने वातावरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विपद्का कारण अभिभावक गुमाएका तथा प्रभावित बालबालिकाको शिक्षा, संरक्षण र दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने अभियानअन्तर्गत नुवाकोटको भ्रमण गरिएको जनाइएको छ।


फाउन्डेसनले बालबालिकाको संरक्षण तथा सहयोगका लागि स्थानीयस्तरमा निरन्तर खटिरहेका सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।

“राहत मात्र होइन, प्रभावित बालबालिकाको भविष्य सुरक्षित बनाउनु हाम्रो साझा जिम्मेवारी हो” भन्ने भावनासहित MIT Group Foundation ले विपद् प्रभावित बालबालिकाको शिक्षा र संरक्षणमा निरन्तर सहकार्य गर्ने जनाएको छ।


प्रतिक्रिया