गोरख ‘आनन्द’ बिष्टको पक्षमा मतदान गर्न अपिल, क्रम संख्या २५
काठमाडौं । द टन न्युज । विशेष रिपोर्ट
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवार गोरख (आनन्द) बिष्टले महाधिवेशन प्रतिनिधिहरूसमक्ष मतदानका लागि अपिल गरेका छन्। बिष्टको क्रम संख्या २५ रहेको छ।
सुदूरपश्चिमबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्वको चर्चा भइरहेका बेला कैलाली क्षेत्र नं. ४ का स्थानीय नेता बिष्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसमा देउवा, एनपी साउद र रमेश लेखकपछि नेतृत्वको नयाँ पुस्ता को? भन्ने बहस भइरहेका बेला बिष्टको उम्मेदवारीलाई सुदूरपश्चिमबाट उदाउँदै गरेको युवा नेतृत्वका रूपमा उनका समर्थकहरूले प्रस्तुत गरेका छन्।
बौद्धिक तथा अध्ययनशील छविका बिष्टले नेपालसँगै विश्वभर रहेका नेपाली समुदायसँग समेत सम्बन्ध विस्तार गर्दै आएको समर्थकहरूको दाबी छ। कैलाली–४ लाई आफ्नो राजनीतिक आधार बनाउँदै आएका बिष्टले कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने तथा सुदूरपश्चिमको आवाजलाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिष्टले केन्द्रीय सदस्य पदमा अत्यधिक बहुमतसहित विजयी गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई अपिल, अनुरोध तथा आग्रह गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि बिहान १० बजेदेखि मतदान सुरु हुँदैछ। महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्दै नेतृत्व चयन गर्नेछन्।
क्रम संख्या : २५
उम्मेदवार : गोरख (आनन्द) बिष्ट
पद : केन्द्रीय सदस्य
द टन न्युज । विशेष रिपोर्ट