बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

theoutsidenepal.com

बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

द टन न्युज । बाँके ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीलाई यस वर्षको ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ।


गृहमन्त्री सुदन गुरुङले एसपी जिसीलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो। जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा प्रहरीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न पुर्‍याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको जनाइएको छ।

एसपी जिसीलाई प्रदान गरिएको यस सम्मानले शान्ति सुरक्षा, जनताको सुरक्षा र प्रहरी सेवाप्रतिको जिम्मेवारीलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

द टन न्युज


प्रतिक्रिया