डा. अबुल हुसेन अन्सारीद्वारा रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख १ हजार सहयोग

theoutsidenepal.com

डा. अबुल हुसेन अन्सारीद्वारा रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख १ हजार सहयोग

काठमाडौं । वरिष्ठ समाजसेवी, युवा नेता एवं युवा व्यवसायी डा. अबुल हुसेन अन्सारीले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।


डा. अन्सारीले सोमबार उक्त रकम कोषको खातामा जम्मा गराउँदै विपत्तिको यो कठिन समयमा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताएका छन्।

यसअघि पनि डा. अन्सारीको टोलीले रसुवा बाढी प्रभावित क्षेत्रमा ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक औषधि तथा मेडिकल सामग्री हस्तान्तरण गरिसकेको छ।


सहयोगपछि आफ्नो धारणा सार्वजनिक गर्दै अन्सारीले विपत्तिमा परेका नागरिकको पीडा कम गर्न राज्यसँगै समाजका सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्। “एउटा नेपालीलाई चोट लाग्दा अर्को नेपालीले सकेको सहयोग गरेर घाउमा मलम लगाउनुपर्छ,” भन्ने भावनासहित उनले सबैलाई राहत तथा पुनःस्थापनाका अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

उनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकमा विभिन्न समयमा आइपर्ने संकट तथा विपत्तिमा सहयोग गर्दै आएका छन्। अन्सारी नेकपा एमालेका नेता समेत हुन्।


“मैले ५ लाख १ हजार आर्थिक सहयोग गरेँ, हजुरहरू पनि गर्नु होला,” भन्दै डा. अन्सारीले विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न सबैमा अपिल गरेका छन्।



प्रतिक्रिया