चितवन–२ मा मीना कुमारी खरेलप्रति बढ्दो समर्थन, समर्थकको नारा– “सबैले खोजेको, सबैले रोजेको”

theoutsidenepal.com

चितवन । चितवन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार मीना कुमारी खरेलप्रति समर्थकहरूबीच उत्साहजनक समर्थन देखिएको छ। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेटघाट तथा कार्यक्रमहरूमा सहभागीहरूले “सबैले खोजेको, सबैले रोजेको” भन्ने नारासहित खरेलको उम्मेदवारीलाई बलियो साथ दिएका छन्।


नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी खरेलले जनताको अपेक्षा, विकास निर्माण, सुशासन र समावेशी नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताउँदै आएकी छन्। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले चितवन–२ को समग्र विकास र जनजीवन सुधारका लागि प्रतिबद्ध रहेको उल्लेख गरेकी छन्।


समर्थकहरूले सामाजिक सञ्जालमार्फत “जय नेपाल” लगायतका नारासहित खरेलको पक्षमा प्रचार–प्रसार तीव्र बनाइरहेका छन्। आगामी निर्वाचन नजिकिँदै जाँदा चितवन–२ मा चुनावी माहोल थप तातेको देखिन्छ।


प्रतिक्रिया