रवि–बालेनको एकता मजबुद, तर कुलमान बाहिरिनुमा उनकै कमजोरी

theoutsidenepal.com

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको पछिल्लो राजनीतिक तरंगले पार्टीको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व संस्कारमाथि गम्भीर बहस जन्माएको छ। एकातिर पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगर प्रमुख बालेन्द्र (बालेन) शाहबीचको राजनीतिक समझदारी र एकता अझ मजबुत बन्दै गएको देखिन्छ भने अर्कोतर्फ कुलमान घिसिङ पार्टी राजनीतिबाट बाहिरिनुमा स्वयं कुलमानकै कमजोरी निर्णायक बनेको विश्लेषण हुन थालेको छ।


नाम पनि कुलमानकै, चिन्ह पनि कुलमानकै, सभापति पनि कुलमान ?



रास्वपाभित्र केही समयदेखि ‘नाम कुलमानकै, चुनाव चिन्ह पनि कुलमानकै, सभापति पनि कुलमान ?’ भन्ने प्रश्न उठ्दै आएको थियो। पार्टीभित्र सहकार्यभन्दा व्यक्तिकेन्द्रित राजनीति हाबी हुँदै जाँदा असन्तोष बढ्दै गयो। नेतृत्वमा दाबी गर्ने कुलमानले संगठन, समन्वय र सामूहिक निर्णय प्रक्रियालाई प्राथमिकता दिन नसकेको आरोप उनकै सहयात्रीहरूबाट उठेको छ।



‘रविलाई नख्खु पठाउने मात्रै हो ?’



पार्टी सभापति रवि लामिछानेप्रति असहमति राख्ने शैली पनि विवादको केन्द्र बन्यो। राजनीतिक असहमति संवाद र संरचनाभित्र हल गर्नुपर्नेमा कटाक्ष र टकरावको भाषामा व्यक्त गरिनुले स्थिति झन् बिग्रिएको नेताहरू बताउँछन्। “रविलाई नख्खु पठाउने मात्रै हो ?” भन्ने टिप्पणीले रास्वपाभित्रको आन्तरिक द्वन्द्व सार्वजनिक रूपमा उजागर गरिदिएको छ।



‘भात दिदा, हातै खाने जस्तो’ आरोप



असन्तुष्ट समूहले नेतृत्वमाथि अवसर, निर्णय र पहुँच सीमित घेराभित्र मात्र बाँडिएको आरोप लगाएका छन्। उनीहरू भन्छन्— “भात दिदा, हातै खाने जस्तो व्यवहार भयो, अरूलाई हेर्ने मात्रै बनाइयो।” यही कारणले पार्टीभित्र भरोसा कमजोर बन्दै गयो र एकता भंग हुने अवस्थामा पुग्यो।



रवि–बालेन एकता: शक्ति होइन, सन्देश



यता रवि लामिछाने र बालेन शाहबीचको सहकार्यलाई सत्ता वा पदको समीकरणभन्दा पनि राजनीतिक सन्देशका रूपमा हेरिएको छ। परिवर्तन, जवाफदेहिता र पुराना अभ्यासविरुद्धको साझा दृष्टिकोणले उनीहरूको सम्बन्ध अझ बलियो बनेको विश्लेषकहरूको भनाइ छ। यही एकताले रास्वपाको मूल एजेन्डालाई जीवित राखेको दाबी पनि गरिएको छ।



कुलमान बाहिरिनु: बाह्य षड्यन्त्र होइन, आन्तरिक कमजोरी



कुलमान घिसिङ पार्टी राजनीतिबाट बाहिरिनुलाई केहीले षड्यन्त्रको परिणाम भन्न खोजे पनि पार्टीभित्रकै धेरै नेताहरू भने यसलाई नेतृत्व क्षमता, राजनीतिक धैर्यता र संगठन निर्माणमा देखिएको कमजोरीको परिणामका रूपमा व्याख्या गर्छन्। सहमति निर्माणभन्दा टकराव रोज्नु, संवादभन्दा वर्चस्व खोज्नु नै उनको प्रमुख कमजोरी भएको निष्कर्ष निकालिएको छ।



एकताको भविष्य नेतृत्वको हातमा



रास्वपा अहिले निर्णायक मोडमा उभिएको छ। नेतृत्वले आत्मसमीक्षा गर्दै आन्तरिक लोकतन्त्र, समावेशिता र संस्थागत निर्णय प्रक्रियालाई मजबुत बनाउने हो भने पार्टी पुनः एकताबद्ध हुन सक्छ। अन्यथा, व्यक्तिकेन्द्रित अहंकार र शक्ति संघर्षले पार्टीलाई अझ गहिरो विभाजनतर्फ लैजाने खतरा कायमै छ।


प्रतिक्रिया