कैलाली क्षेत्र नं. ४ अन्तर्गत गोदावरी नगरपालिका–८ स्थित जोनापुरमा नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट ‘आनन्द’ स्थानीय थारु समुदायसँग घुलमिल हुँदै चुनावी अभियानमा सक्रिय देखिएका छन्।
स्थानीय थारु संस्कृति तथा परम्परागत कार्यक्रममा सहभागी भई उनले समुदायसँग प्रत्यक्ष संवाद गर्दै मत मागेका छन्।
कार्यक्रममा स्थानीय बासिन्दाले आफ्ना समस्या, आवश्यकता र विकासका अपेक्षाबारे उम्मेदवारसँग खुलेर कुरा गरेका थिए। उम्मेदवार बिष्टले संस्कृति, पहिचान र स्थानीय विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चुनावी माहोल उत्साहजनक बन्दै जाँदा जोनापुरमा “जय नेपाल” नारासहित कांग्रेस समर्थकहरूको सक्रिय सहभागिता देखिएको छ।
10 February 2026