मौसमलाई ध्यान दिँदै समयमै गहुँ काट्न आग्रह

theoutsidenepal.com

मौसमलाई ध्यान दिँदै समयमै गहुँ काट्न आग्रह


चैत्र १० , मंगलवार । 

कञ्चनपुर, कृष्णपुर नगरपालिका–२

कृष्णपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अर्जुन साउदले कृषकहरूलाई मौसमको अवस्थालाई ध्यानमा राख्दै गहुँ बाली समयमै काट्न आग्रह गर्नुभएको छ।


हाल मौसममा देखिएको अस्थिरता तथा सम्भावित वर्षाका कारण पाकिसकेको गहुँ बालीमा क्षति पुग्न सक्ने भएकाले सतर्क रहन उहाँले अनुरोध गर्नुभएको हो। वडा अध्यक्ष साउदका अनुसार ढिला गरेर काट्दा उत्पादनमा कमी आउनुका साथै बालीको गुणस्तरमा समेत असर पर्न सक्ने भएकाले किसानहरूले समयमै बाली भित्र्याउनु अत्यावश्यक रहेको छ।


वडा नं. २ कार्यालयद्वारा जारी विशेष सूचनामा कृषकहरूलाई मौसम पूर्वानुमानको नियमित जानकारी लिन, आवश्यक उपकरण तयारी अवस्थामा राख्न तथा सामूहिक रूपमा कटानी कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ।


स्थानीय तह किसानको हितमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै सम्भावित प्राकृतिक जोखिमबाट जोगिन समयमै तयारी गर्न समेत अनुरोध गरिएको छ।


उक्त सूचना “टन मिडिया ग्रुप” मार्फत सार्वजनिक गरिएको हो।


प्रतिक्रिया