जेन्जीका अगुवा सुदन गुरुङले गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा

theoutsidenepal.com

गोरखा । जेन्जी (Gen Z) का अगुवा तथा युवा नेता सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।


सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्टाटसमा उनले आफ्नै गाउँ र आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी यात्राको घोषणा गरेका हुन्। उनले नयाँ सोच, नयाँ नेतृत्व र नयाँ शक्तिको प्रतिनिधित्व गर्दै समृद्ध नेपाल निर्माणका लागि आफू अघि बढेको उल्लेख गरेका छन्।


उनको सामाजिक सञ्जालको स्टाटसमा भनिएको छ,

“गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु।

आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात।

नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल। 🇳🇵”


युवा पुस्तामाझ लोकप्रिय मानिने गुरुङको उम्मेदवारी घोषणापछि गोरखा–१ को राजनीतिक माहोल थप चासोपूर्ण बनेको छ। विशेषगरी जेन्जी पुस्ताको प्रतिनिधित्व, वैकल्पिक राजनीति र परिवर्तनमुखी एजेन्डाका कारण उनको घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ।


उनको उम्मेदवारीले परम्परागत राजनीतिमा नयाँ बहस र प्रतिस्पर्धा थपिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया