एकै दिन ४१ हजार सफल डेलिभरी गर्दै नेपाल केन ग्रुपको ऐतिहासिक उपलब्धि

theoutsidenepal.com

एकै दिन ४१ हजार  सफल डेलिभरी गर्दै नेपाल केन ग्रुपको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपाल केन ग्रुपले एकै दिनमा ४१ हजार  भन्दा बढी सफल डेलिभरी सम्पन्न गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। ग्रुपले यसलाई केवल संख्यात्मक सफलता नभई आफ्नो मेहनत, समर्पण, विश्वास र सेवाप्रतिको निरन्तर प्रतिबद्धताको परिणामका रूपमा लिएको छ।

एकै दिनमा हजारौँ सेवाग्राहीसम्म सेवा पुर्‍याउन सफल हुनु नेपालमा विकसित हुँदै गएको डेलिभरी तथा सेवा क्षेत्रका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। ग्रुपले यो सफलता आफ्ना पार्टनर, कर्मचारी तथा दिनरात नभनी सेवामा खटिने डेलिभरी हिरोजहरूलाई समर्पण गरेको जनाएको छ।


नेपाल केन ग्रुपका प्रमुख कार्यकारी अधिकृत (CEO) सुजित आचार्यले यो उपलब्धि सम्पूर्ण टिमको सामूहिक मेहनत र सेवाग्राहीको विश्वासको परिणाम भएको बताउनुभएको छ।

हाल नेपाल केन ग्रुपले नेपालभर करिब ३ हजार नेपालीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ भने आफ्नो सेवा ७७ वटै जिल्लामा विस्तार गर्न सफल भएको जनाएको छ। यसले ग्रुपलाई देशव्यापी सेवा सञ्जाल निर्माण गर्ने संस्थाका रूपमा स्थापित गर्न थप बल पुगेको देखिन्छ।

ग्रुपले आफ्नो सफल यात्रामा जोडिएका प्रत्येक पार्टनर, कर्मचारी, डेलिभरी हिरो तथा सेवाग्राहीको योगदानलाई महत्वपूर्ण मानेको छ। सेवाग्राहीबाट प्राप्त निरन्तर माया, विश्वास र साथ नै आफ्नो यात्राको सबैभन्दा ठूलो प्रेरणा भएको ग्रुपको भनाइ छ।

‘एकै दिन ४१ हजारभन्दा बढी सफल डेलिभरी’ जस्तो उपलब्धिले सेवा क्षेत्रमा काम गर्ने जनशक्तिको मेहनत, व्यवस्थापन क्षमता र देशव्यापी पहुँचलाई समेत उजागर गरेको छ।

नेपाल केन ग्रुपले आगामी दिनमा सेवाग्राहीलाई अझ उत्कृष्ट, भरपर्दो र प्रभावकारी सेवा प्रदान गर्दै आफ्नो सेवा विस्तार तथा गुणस्तरलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।




प्रतिक्रिया